सिन्धुपाल्चोक - सिन्धुपाल्चाेककाे भोटेकोसी गाउँपालिका–४ फुल्पिङकट्टीमा बुधबार राति पहिरोमा पुरिएका ५ जनामध्ये एक जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चाेकले जनाएकाे छ । शवकाे पहिचान भने हुन सकेकाे छैन ।

पहिरोले दुई घर बगाएकोमा एकै परिवारका पाँच जना बेपत्ता भएका थिए ।  घरछेउमै भेटिएकाले पक्कै परिवारकै ५ जनामध्ये एकको हुनुपर्ने गाउँपालिका प्रमुख राजकुमार पौडेलले बताए ।

पहिराेमा पुरिएर ग्याल्जेन शेर्पाकाे परिवारका १६ वर्षीया याङ्जी शेर्पा, १४ वर्षीया छिरिङवाङ्मु शेर्पा, ७५ वर्षीया सुमबुट्टी शेर्पा, ३५ वर्षीया साङ्बु शेर्पा र ४० वर्षीया सेमसङ्ग शेर्पा रहेका छन् ।स्थानीय, जनप्रतिनिधि र सुरक्षाकर्मी मिलेर बेपत्ता भएकाहरुकाे खाेजी भैरहेकाे छ ।