इरानले पुनः बन्द गर्यो होर्मुज स्ट्रेट, ७ प्रतिशतले बढ्यो तेलको मूल्य
खबर एक्सप्रेस
२०८३-०१-०७ ०७:२७ मा प्रकाशित
Total Shares: 59
एजेन्सी - इरानले होर्मुज स्ट्रेट पुनः बन्द गरेसँगै तेलको मूल्यमा ७ प्रतिशतले वृद्धि भएको छ ।
योसँगै अमेरिका र इरानबीच भएको अस्थायी युद्धविरामको समयसीमा बुधबार समाप्त हुन लागेकाले तनाव थप चुलिने देखिएको छ ।
अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्ट क्रुडको मूल्य ७५ ले बढेर प्रति ब्यारल ९६.८८ डलर पुगेको छ। इरानले जलमार्ग पुनः खोल्ने खबरका कारण गत शुक्रबार यसको मूल्य मार्च १० यताकै न्यून बिन्दुमा झरेको थियो।
अमेरिकी कच्चा तेलको मूल्य पनि ७५ ले बढेर प्रति ब्यारल ९०.३३ डलर पुगेको छ।
तनावको मुख्य कारण शनिबार इरानले अमेरिकामाथि 'विश्वासघात' गरेको आरोप लगाउँदै उक्त जलमार्ग अधिकांश ट्राफिकका लागि पुनः बन्द गर्ने घोषणा गरेको थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस