काठमाडौं,एजेन्सी - युरोपेली च्याम्पियनसिपमा नेदरल्यान्ड्सले विजयी सुरुवात गरेको छ । गएराति भएको खेलमा नेदरल्यान्ड्सले युक्रेनलाई ३-२ले पराजित गरेको हो । 

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा ५ गोल भएको थियो । खेलको ५२औं मिनेटमा कप्तान जर्जिनियो वाइनाल्डमले गोल गर्दै नेदरल्यान्ड्सलाई सुरुवाती अग्रता दिलाए । ५८औं मिनेटमा वोट वेघर्स्टले गोल गर्दै नेदरल्यान्ड्सको अग्रता दोब्बर पारे । 

त्यसपछि ७५औं मिनेटमा कप्तान आन्द्रे यार्मलेंकोले गोल गर्दै युक्रेनलाई खेलमा फर्काउने संकेत गरे । ७९औं मिनेटमा युक्रेनका यारेम्चुकले गोल गर्दै खेल २-२ को बराबरीमा ल्याए । तर, खेलको ८५ औं मिनेटमा डेन्जेल डमफ्रिजले हेडरमार्फत गोल गर्दै नेदरल्यान्ड्सलाई ३-२को रोमान्चक जित दिलाए । 

जितसँगै नेदरल्यान्ड्सले समूह सी मा ३ अंक जोडेको छ । नेदरल्यान्ड्स दोस्रो स्थानमा रहेको छ । अंक तालिकामा अष्ट्रिया शिर्षस्थानमा छ । अष्ट्रियाले गएराति नै भएको पहिलो खेलमा नर्थ म्यासेडोनियालाई ३-१ ले पराजित गरेको थियो ।