भारतमा अम्फान चक्रवातका कारण १२ जनाको मृत्यु
खबर एक्सप्रेस
२०७७-०२-०८ ११:५७ मा प्रकाशित
Total Shares: 488
काठमाडौं - बंगालको खाडीबाट जमीनतिर बुधवार आएको अम्फान चक्रवातका कारण १२ जनाको मृत्यु भएको पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले बताएकी छन् ।
यस शक्तिशाली चक्रवातले हजारौं घर नष्ट गरेको छ । अधिकारीहरूलाई कोरोनाभाइरस महाव्याधिको मध्यमा राहतका प्रयास थाल्न संघर्ष गर्नु परिरहेको छ । अम्फान चक्रवात १८५ किलोमिटर प्रतिघन्टाको अधिकतम गतिका साथ अघि बढिरहेको छ ।
अम्फानका कारण पश्चिम बंगालले एक लाख करोड भारुभन्दा बढीको नोक्सानी बेहोर्नुपर्ने ममता बनर्जीको भनाइ छ । पाँच लाखभन्दा बढी मानिस बंगालमा आश्रयस्थलमा बसेका छन् भने उडिसामा एक लाखभन्दा बढी मानिस शिविरमा बसेका छन् ।
फेसबुक पेज Like गर्नुहोस