काठमाडौं - रौतहटमा पनि कोरोना सङ्क्रमित भेटिएका छन् ।आज मात्रै दुई जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

रौतहटका १९ वर्षका एक युवकलाई र कैलालीका ६० वर्षीया महिलामा कोरोना पुष्टि भएको मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिए।  पुष्टि भएका दुवैलाई अस्पताल ल्याउने तयारी भइरहेको उनले जानकारी दिए ।

यो सहित नेपालमा कोरोना संक्रमितको संख्या १४ पुगेको छ । एकजना उपचारपछि निको भएर घर फर्किसकेका छन ।

सेती प्रादेशिक अस्पताल धनगढीमा पाँचजना, नारायणी अस्पताल वीरगन्जमा तीनजना तथा शुक्रराज ट्रपिकसल तथा सरुवा रोग अस्पताल टेकु र बाग्लुङमा दुई दुई जनाको उपचार भईरहेको छ ।