काठमाडौं - स्पेनिस ला लिगामा रियल मड्रिडले भिल्ला रियललाई पराजित गरेको छ।
गएराति सम्पन्न खेलमा रियल मड्रिडले भिल्ला रियललाई ३–१ गोल अन्तरले पराजित गरेको हो।
रियल मड्रिडको जितमा भिनिसियस जुनियरले २ गोल गरेका थिए भने किलीयन एम्बाप्पेले एक गोल गरे।
त्यस्तै भिल्ला रियलका लागि एक गोल जर्ज मिकाउटाडजेले गरे। यस खेलमा खेलको ७७औं मिनेटमा भिल्ला रियलका सान्टिगो मोउरीनोले रातो कार्ड पाएपछि भिल्ला रियल १० खेलाडीमा सिमित भएको थियो।
यो जितपछि रियल मड्रिडको ८ खेलमा २१ अंक भएको छ र लिगमा शीर्ष स्थानमा उक्लिएको छ।
भिल्ला रियलको ८ खेलमा १६ अंक रहेको छ र लिगमा तेस्रो स्थानमा छ।

.gif)



