चौतारा - सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाको वडा नं ७ घुम्थाङमा पहिरोले १८ घर बगाएको छ । अविरल वर्षापछि आइतबार बिहान करिब ३ बजेतिर आएको पहिराले घर बगाउँदा घरका सबै बेपत्ता भएका छन् ।

नगरपालिकाको भीरखर्कका १० र नाग पुच्छेका ८ घर पहिरोले बगाएको जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकले जनाएको छ । प्रहरी घटनास्थलतर्फ जाँदै छ । स्थानीय खोजी कार्यमा जुटेका छन् । थप बिवरण आउन बाँकी छ ।