सत्यमोहन जोशी दम्पतीले मृत्युपछि शरीर दान गर्ने
खबर एक्सप्रेस
२०७७-१०-३० १०:४१ मा प्रकाशित
Total Shares: 306
काठमाडौं - नेपाली वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशी र उनकी श्रीमती राधादेवी जोशीले मृत्युपछि शरीर दान दिने भएका छन्।
संस्कृतिविद् जोशी र उनकी पत्नी राधादेवीले चिकित्सा विज्ञान प्रयोगका लागि देहान्तपछि आफ्नो शरीर दान गर्ने भएका हुन्।
उनीहरूले आज ललितपुर महानगरपालिकाको प्राङ्गणमा एक कार्यक्रम गर्दै मृत्युपछि शरीर दान दिने घोषणा गर्न लागेका छन्। महानगरपालिकाका मेयर चिरीबाबु महर्जनको उपस्थितिमा शरीर दान घोषणा कार्यक्रम हुने बताइएको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस