त्रिविका उपप्राध्यापक चलाउनेलाई कुटपिट गर्ने दुई पक्राउ
खबर एक्सप्रेस
२०७७-०६-२६ ०४:४० मा प्रकाशित
Total Shares: 240
काठमाडौं - प्रहरीले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेलाई कुटपिट गर्ने दुई जनालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले यही असोज २० गते त्रिवि परिसरभित्र त्रिवि समाजशास्त्र विभागका उपप्राध्यापक चलाउनेमाथि कुटपिट गर्ने दुई जनालाई कोटेश्वरबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा सिरहा गोलबजारका २३ वर्षीय रुपेश साह र सिरहाकै २४ वर्षीय रवीनकुमार लामा रहेका छन् ।
परिसरका प्रवक्ता प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले उपप्राध्यापक चलाउनेलाई साङ्घातिक हमला गरेर फरार रहेका साहलाई कोटेश्वर र लामालाई सिरहाबाट पक्राउ गरिएको जानकारी दिए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस