गठबन्धन राष्ट्रियसभा चुनावसम्म मात्रै हो : प्रधानमन्त्री देउवा
काठमाडौं - प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले अहिलेको सत्तारुढ गठबन्धन राष्ट्रिय सभा चुनावसम्म भएको बताएका छन् ।
सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पत्रकारहरूसँग कुरा गर्दै वर्तमान गठबन्धन राष्ट्रिय सभाको चुनावसम्मका लागि मात्र भएको बताएका हुन्।
त्यसपछि गठबन्धनलाई निरन्तरता दिने नदिने भन्ने विषयमा छलफल गर्न बाँकी रहेको उनले बताए। ‘अहिलेको गठबन्धन राष्ट्रिय सभाको चुनावसम्म मात्रै हो । त्यसपछि गठबन्धनलाई निरन्तरता दिने नदिने भन्ने विषयमा छलफल भएको छैन।’
राष्ट्रिय सभाका २० सदस्यको पदावधि फागुन २० गते सकिँदै छ। तीमध्ये १९ जनाका लागि आगामी माघ १२ गते निर्वाचन हुँदै छ। १ जना राष्ट्रपतिबाट मनोनित हुनेछ ।
देउवाले १४औं महाधिवेशनमा पनि आफैँ सभापति लड्न लागेको बताएका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस