मन्त्रिपरिषद्लाई पूर्णता दिन दौडधुप, प्रचण्डले देउवा र नेपाललाई भेटे
काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेका छन् ।
प्रधानमन्त्री देउवालाई भेट्न प्रचण्डबीच बिहिबार बिहान बालुवाटार पुगेका थिए । उनीहरुबीच करिब ५० मिनेट छलफल भएको प्रचण्डको निजी सचिवालयले जनाएको छ ।
त्यसपछि सिंहदरबार पुगेर प्रचण्डले नेता नेपालसँग भेट गरेका हुन् । उनीहरुबीच ‘वान टु वान’ वार्ता भएको हो ।
नेकपा एमालेबाट अलग भएका माधव नेपालले दर्ता गराएको नेकपा एकीकृत समाजवादीले निर्वाचन आयोगबाट मान्यता पाएपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने भनिए पनि अझै टुङ्गो लागिसकेको छैन ।
निर्वाचन आयोगले विभाजित पार्टीका जनप्रतिनिधिहरुलाई दल रोज्ने विकल्प आउँदो मङ्गलवारसम्मलाई दिएकाले त्यसपछि मात्रै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी सत्ता गठबन्धनको तयारी छ ।
फेसबुक पेज Like गर्नुहोस