काठमाडौं - सरकारले नयाँ आर्थिक बर्ष २०७७।०७८ को बजेट आज प्रस्तुत गर्ने भएको छ । संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले दिउसाे ४ बजे बजेट पेश गर्दैछन्। नेपालको संबिधानमा हरेक बर्षको जेठ १५ गते नयाँ बजेट प्रस्तुत हुनुपर्ने ब्यवस्था गरेको छ ।

स्वास्थ्य, कृषि र रोजगारि सिर्जना लाइ प्रथमपकतामा राख्दै बजेटको अन्तिम तयारि गरिएको छ। स्वास्थ्य, कृषिमा आगामि आर्थिक बर्षको बजेट बृद्धि गरिदै छ। रोजगारि सिर्जनामा समेत बजेट बिनियोजन गरिदै छ।बजेटले रोजगारिकोलागि स्थानीय तहबाट कार्यक्रम लैजाने योजना बनाएको छ। बिशेश गरेर बिदेशबाट फर्किएकालाइ उक्त बजेट मार्फत सम्बोधन गरिदै छ। बिगत र हालको अबस्था फरक रहेका कारण बजेटलाइ थोरै बिस्तराकारि बनाउने योजना सरकारको छ। जसले रोजगारि सिर्जना गर्न सघाउ पुर्यउने सरकारको तयारि हो। संकट ग्रस्थ र थला परेका क्षेत्रकोलागि  बजेटले राहतको व्यवस्था गर्दै छ।  

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सरकारले ल्याएको यो तेस्रो वार्षिक बजेट हो। कारोना भाइरसबाट संकटग्रस्त बनेको अर्थतन्त्रलाई यस बजेटले कसरी सम्बोधन गर्ला भन्ने चासो आम नागरिकमा बढेको छ। उद्योगीहरुले आफ्ना मागहरु सम्बोधन हुनै पर्ने दबाब दिएका छन् भने लगानीकर्ता तथा आम नागरिकमा समेत आगामी आर्थिक वर्षको बजेटप्रति ठूलै अपेक्षा छ। 

लकडाउनका कारण सबैजसो आर्थिक गतिविधि ठप्प छन्। आर्थिक बृद्धिदरमा ठूलै गिरावट आएको छ। कारोना भाइरसको असर तत्कालै समाप्त हुने देखिदैन। यसले अझै लामै समय असर पर्ने निश्चित छ। त्यसैले सरकारले अर्थ व्यवस्था उकास्ने तथा कोरोनाबाट क्षति पुगेकाहरुलाई राहत दिन खालको बजेट ल्याउन लागेको हो।

आर्थिक पुनरउत्थान अनुसार थलिएका उद्याेगहरूकाे पुनरजीवन, बिदेशबाट स्वदेश फर्कने हजाराैं युवाहरूकाे व्यवस्थापन तथा राेजगारी, स्वदेशमै राेजगार गुमाएकाहरूकाे संरक्षण जस्ता दीघर्कालीन व्यवस्थापनका लागि बजेट आउने छ।  अल्पकालमा काेभिड१९ बिरूद्ध लड्न चाहिन स्वास्थ्य पूर्वाधार, औषधि र जनशक्तिकाे लागि बजेट विनियाेजित गरिने भएको छ । राष्ट्रिय गाैरवका आयाेजनाहरूले निरन्तरता पाउने भएका छन् ।

सरकारले चालु आर्थिक वर्ष सुरुवात देखि नै सन्तोषजनक रुपमा बजेट खर्च गर्न सकेको छैन। पछिल्लो समय देखिएको कोरोनाका असरका कारण बजेट खर्चमा झनै कमी आएको छ। आगामी आर्थिक वर्षमा बजेटको आकार सानो बनाउनु पर्ने चौतर्फि दबाब आए पनि सरकार भने ठूलै आकारको बजेट सार्वजनिक गर्ने तयारीमा छ। स्रोत जुटाउन राजस्व,आन्तरिक ऋण,वैदेशिक सहायता र ऋण लाइनै निरन्तरता दिने योजना  छ।

आगामी आर्थिक वर्षमा कोरोनाकै असरका कारण बेरोजगारीको सँख्या बढ्ने् निश्चित छ भने बैदेशिक रोजगारीमा रहेकाहरु समेत नेपाल फर्कने छन्। जसले गर्दा बजेट रोजगारी सिर्जना गर्ने तर्फ केन्द्रित हुनुपर्ने विज्ञाहरुले बताउदै आएका छन्।जसलाइ यो बजेटले सम्बोधन गर्ने भएको छ।

बजेट भाषण सुरु हुनु अगाडि नै बैठककक्षमा प्रवेश गर्न सभामुख अग्निप्रसाद सापकोटाले दुवै सदनका सदस्यलाई अनुरोध गरेका छन्। आज प्रस्तुत बजेटमा आइतबारदेखि सैद्धान्तिक छलफल हुने  छ। दुई दिन छलफल गरि जेठ २६ मा संस्सदले बजेट पारित गर्ने योजना छ।

अन्ततः सरकार ठूलै आकारको बजेट ल्याउने अन्तिम तयारीमा पुगेको छ। चौतर्फी रूपमा बजेटको आकार सानो बनाउनु पर्ने दबाब आए पनि ती सबै दबाबको बेवास्ता गर्दै सरकार ठूलै आकारको बजेट सार्वजनिक गर्ने अन्तिम निर्णयमा पुगेको अर्थ मन्त्रालय स्रोतको भनाइ छ।