प्युठानमा ट्याक्टर दुर्घटना, ७ जनाको मृत्यु
खबर एक्सप्रेस
२०७७-०४-०४ १२:२० मा प्रकाशित
Total Shares: 274
प्युठान - प्युठानमा ट्याक्टर दुर्घटना हुँदा सात जनाको मुत्यु भएको छ । स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा गएराति लु २ च ४२३४ नम्बरको ट्याक्टर दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको हो । स्वर्गद्वारी धरमपानीबाट भिङ्ग्रीतर्फ आउँदै गरेको ट्याक्टर सडकवाट ५ सय मिटर तल खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा मृत्यु हुने सबै भिङग्री–स्वर्गद्वारी सडकखण्डमा काम गर्ने कामदार रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा मृत्यु भएका सबैको पहिचान खुल्न बाँकी छ । ट्याक्टरमा सवार आठ जनामध्ये एक जना मात्रै बाँचेको बताइएको छ ।
फेसबुक पेज Like गर्नुहोस