काठमाडौं - बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या आरोपमा पक्राउ परेका दिनेश भट्टलाई म्याद थपका जिल्ला अदालतमा लगिने तयारी भएको छ ।

अभियुक्त भट्टलाई हिरासतमा राखेर अनुसन्धानका लागि म्याद थप गर्न आजै जिल्ला अदालत लगिने सुदूरपश्चिम प्रदेश प्रहरीले जनाएको छ । मंगलबार पक्राउ परेका भट्टलाई प्रहरीले आज २ बजे सार्वजनिक पनि गर्दैछ । भट्ट भागरथीका चिनेजानेका मात्र होइन नाता जोडिएकै व्यक्ति हुन्। उनले भागरथीलाई बलात्कारपछि भीरबाट लडाएर बेहोस बनाई घाँटी घिचेर हत्या गरेको खुलेको छ।

माघ २१ गते घरबाट विद्यालय गएकी किशोरी भट्ट साँझ घर नफर्केपछि खोजी गर्दै जाँदा भोलीपल्ट साँझ ५ बजेतिर बलात्कारपछि हत्या भएको अवस्थामा शव नजिकैको लबलेक जङ्गलमा फेला परेको थियो ।