चार महिनापछि मापसे जाँच सुरु, उपत्यकाका ३९ स्थानमा ‘चेक पोइन्ट’
खबर एक्सप्रेस
२०७७-०४-०७ ०२:३२ मा प्रकाशित
Total Shares: 337
काठमाडौं - कोरोना महामारीको कारण रोकिएको मादक पदार्थ सेवन जाँच पुनः सुरु हुने भएको छ । बुधबारदेखि नियमित रुपमा चाँज थालिने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
प्रहरीले उच्च सावधानी अपनाउँदै जाँच सुरु गरेको छ । तर, मापसेको गरेरनगरेको जाँच्न भने अहिलेलाई मेसिनको प्रयोग नगर्ने महाशाखाले जनाएको छ । अब उपत्यकाका विभिन्न स्थानमा रातिको समयमा ३९ स्थानमा मापसे गरिने भएको छ ।
महामारीका कारण ७ चैतबाट ट्राफिकले मापसे जाँच रोकेको थियो । त्यसवेलादेखि रोकिएका सचेतना कक्षा पनि अब सुरु हुनेछन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस