काठमाडौं - इंग्लिस प्रिमियर लिगमा चेल्सीले जित हात पारेको छ । गएराति भएको लण्डन डर्बीमा चेल्सीले आर्सनललाई  उसकै मैदानमा २-०ले पराजित गरेको हो । 

खेलको १५औं मिनेटमा बेल्जियन फरवार्ड रोमेलु लुकाकुको गोलबाट चेल्सीले अग्रता लिएको थियो । उनी हालै इटालियन क्लब इन्टर मिलानबाट चेल्सी आएका हुन् । ३५औं मिनेटमा रिस जेम्सले गोल गर्दै चेल्सीलाई २-०को जित दिलाए । 

नयाँ सिजनका चेल्सीको यो लगातार दोस्रो जित हो । चेल्सीले २ खेलमा ६ अंक जोडेको छ । आर्सनलले भने लगातार दोस्रो हार व्यहोरेको छ ।