काठमाडौं,एजेन्सी - जर्मन बुन्डेसलिगा फुटबलमा बोरुसिया डर्टमण्डले जित हात पारेको छ । गएराति भएको खेलमा १० खेलाडीमा सिमित डर्टमण्डले वुल्फ्स्बर्गलाई २-०ले पराजित गरेको हो । 

खेलको १२औं मिनेटमा अर्लिङ हालाण्डले गोल गर्दै डर्टमण्डलाई सुरुवाती अग्रता दिलाएका थिए । ५९ औं मिनेटमा डर्टमण्ड १० खेलाडीमा समेटियो । जुड बेलिङ्गघमले दोहोरो पहेलो कार्डसहित रातो कार्ड खाँदै मैदानबाट बाहिरिए । खेलको ६८औं मिनेटमा हालाण्डले व्यक्तिगत दोस्रो गोल गर्दै डर्टमण्डलाई २-० को जित दिलाए । 

जितसँगै डर्टमण्ड ३१ खेलमा ५५ अंकसहित लिगको पाँचौ स्थानमा रहेको छ । पराजित वुल्फ्स्बर्ग ५७ अंक जोडेर तेस्रो स्थानमा छ । 

यस्तै, शिर्षस्थानको बायर्न म्युनिखले माइन्जसँग २-१को अप्रत्यासित रुपमा हार व्यहोरेको छ । साबिक विजेता बायर्नलाई  लगातार नवौँ पटक बुन्डेस लिगाको उपाधि जित्न  बाँकी तीन खेलबाट मात्र ३ अंक आवश्यक रहेको छ  ।