गृहमन्त्रीको अगुवा गाडीले गर्भवती महिला सवार स्कूटरलाई ठक्कर दिदा दुई घाइते
खबर एक्सप्रेस
२०७७-०५-०२ १२:५६ मा प्रकाशित
Total Shares: 390
काठमाडौं - गृहमन्त्री रामबहादुर थापा ‘बादल’को अगुवा गाडीले स्कूटरलाई ठक्कर दिँदा दुईजना घाइते भएका छन् ।
मंगलबार बिहान सिंहदरबार अगाडि बा १ झ ५५५४ नम्बरको प्रहरी भ्यानले बा ९४ प १०२९ नम्बरको स्कुटरलाई पछाडिबाट ठक्कर दिएको हो । स्कूटरमा सवार नुवाकोटकी २३ वर्षीया लीला थापा र २७ वर्षीया सुजा थापा घाइते भएका छन् ।
उनीहरुको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको बताइएको छ । स्कुटरको पछाडि बस्ने सुजा भने गर्भवती महिला रहेको खुलेको छ । लीलाको दाहिने खुट्टाको गोलीगाँठो सुन्निएको र सुजा थापालाई भने बाहिरी चोट नलागेको बताइएको छ ।
दुर्घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले बताएकाे छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस