कीर्तिपुरको मेयरमा उम्मेदवारी नदिने रास्वपाको निर्णय
खबर एक्सप्रेस
२०८१-०८-०२ ०२:१० मा प्रकाशित
Total Shares: 102
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कीर्तिपुर नगरपालिकाको प्रमुखमा उमेदवारी नदिने भएको छ ।
रास्वपाले यही मंसिर १६ गते हुने मतदानका लागि उम्मेदवारी दर्ता नगराउने निर्णय गरेको हो ।
यसअघि रास्वपाले कीर्तिपुरमा जयराम कार्कीलाई उम्मेदवार बनाउने तयारी गरेको थियो ।
कीर्तिपुरको मेयरमा नेकपा एमालेका डा. सुरेन्द्र महर्जन, नेपाली कांग्रेसका कृष्णमान डंगोल, नेकपा माओवादी केन्द्रबाट प्रा.डा. शिवशरण महर्जन, राप्रपाका ध्रुव महर्जन उम्मेदवार छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस