त्रिकोणात्मक सिरिजका लागि २० खेलाडी बन्द प्रशिक्षणमा
काठमाडौं - आगामी महिना स्पेनमा हुने आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, स्कटल्याण्ड र नामिबियाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार बन्द प्रशिक्षणका लागि २० खेलाडीलाई बोलाएको हो।
क्यानले बोलाएको टिममा घरेलु प्रधानमन्त्री कप र मेयर कपमा राम्रो प्रदर्शन गरेका शरद भेषवाकर, पृथु बास्कोटा, पवन सर्राफलगायत अटाएका छन् ।
बन्द प्रशिक्षणमा बोलाईएका खेलाडीहरु:-
ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, आरिफ शेख,पारस खड्का, दिपेन्द्र सिंह ऐरी, आशिफ शेख,कुशल मल्ल,विनोद भण्डारी,करण केसी,सन्दीप लामिछाने,सोमपाल कामी, कमल सिंह ऐरी,अविनाश बोहरा, सन्दीप जोरा,शाहब आलम, शुशन भारी,शरद भेषवाकर,बिक्रम शोब, पवन सर्राफ,पृथु बास्कोटा


.gif)



फेसबुक पेज Like गर्नुहोस