काठमाडौं उपत्यकामा थप ६२ जनामा देखियो कोरोना संक्रमण
खबर एक्सप्रेस
२०७७-०४-२१ ०४:३२ मा प्रकाशित
Total Shares: 317
काठमाडौं - काठमाडौं उपत्यकामा थप ६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंका ५७ जना र ललितपुरका ५ जनामा कोरोना संक्रमण देखिएको हो । मंगलबार पनि काठमाडौँ उपत्यकामा ६२ जनामा कोरोना देखिएको थियो ।
नेपालमा पछिल्लो २४ घण्टामा ३८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २१ हजार ३९० पुगेको छ।
फेसबुक पेज Like गर्नुहोस