पहिरो खस्दा मेची राजमार्ग अवरुद्ध
खबर एक्सप्रेस
५८ मिनेट अगाडि
Total Shares: 38
ताप्लेजुङ - ताप्लेजुङमा पहिरो खस्दा मेची राजमार्ग अवरुद्ध भएको छ ।
जिल्लाको फुङ्लिङ नगरपालिका-८ स्थित खोक्से खोलानजिक शनिबार बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार शनिबार बिहान करिब ५ बजे रातिको वर्षापछि सडकमाथिबाट गेग्रानसहितको पहिरो खसेको हो । पहिरोले सडक पूर्ण रूपमा अवरुद्ध भएपछि सवारी आवागमन ठप्प भएको छ ।
सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । यात्रुहरूलाई आवश्यक सतर्कता अपनाउन पनि आग्रह गरिएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस