काठमाडौं - गृह मन्त्रालयले अफ्रिकी मुलुकबाट यात्रु नल्याउन बिभिन्न एयरलाइन्सहरुलाई निर्देशन दिएको छ। अफ्रिकी मुलुकमा फेला परेको कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ बाट बच्न सरकारले सो निर्देशन दिएको हो।

मन्त्रालयले नेपालमा कोरोना संक्रमण कायमै रहेको र हालै देखिएको नयाँ भेरियन्टका कारण अफ्रिकी मुलुकबाट नेपाल आउने नागरिकहरुलाई अनअराइभल भिसा नदिन अध्यागमन कार्यालयलाई र अफ्रिकी मुलुकबाट यात्रु नल्याउन विभिन्न एयरलाइन्सहरुलाई निर्देशन दिइसकेको बताएको छ। ‘ओमिक्रोन’ बाट बच्न सरकारले तीव्र तयारी थालेसँगै सो निर्देशन दिएको हो।को

तयारी अनुसार अफ्रिकी मुलुकमा मात्र कोरोनाको नयाँ प्रकार देखिएको भनिएकोले अफ्रिका महादेशबाट नेपाल आउनेलाई प्रवेश नदिने बताए।