काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप ७४० जना कोरोना संक्रमित थपिएका छन्।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरका प्रयोगशालामा थप ७४० जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको बताए।

४ हजार ४ सय ८४ जनाको नमूना परीक्षणमा ७४० जनाको रिपोर्ट आएको बताए।