काठमाडौं - नेपाली बजारमा आज पनि सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ९० हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य सोमबार प्रतितोलामा १ सयले घटेर ९० हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुनको मूल्य तोलाको ९० हजार २ सय रुपैयाँ‍ रहेको छ ।

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । सोमबार चाँदी प्रतितोलामा ५ रुपैयाँले बढेर एक हजार ३ सय ४० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।