सुपर कपको फाइनल आज: चेल्सी र भिल्लारियल भिड्दै
खबर एक्सप्रेस
२०७८-०४-२७ ०१:१८ मा प्रकाशित
Total Shares: 275
काठमाडौं - ४६औं संस्करणको युइएफए सुपर कपको उपाधिका लागि आज इङ्लिश क्लब चेल्सी र स्पेनिस क्लब भिल्लारियलबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार आज राति १२ः४५ बजेदेखि प्रारम्भ हुनेछ ।
सुपर कपको उपाधिका लागि च्याम्पियन्स लिग विजेता र युरोपा लिग विजेताले खेल्न लागेका हुन् । दुवै टोली एक अर्कालाई पन्छाउँदै उपाधि उचाल्ने दाउमा रहेका छन् । चेल्सीले सिटीलाई हराउँदै च्याम्पियन्स लिग जितेको थियो भने भिल्लारियलले म्यानचेस्टर युनाइटेडलाई स्तब्ध पार्दै युरोपा लिगको उपाधि चुमेको थियो ।
चेल्सीले हालसम्म एकपटक सुपर कपको उपाधि जितेको छ भने भिल्लारियलले पहिलोपटक फाइनलको यात्रा तय गरेको हो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस