नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४२ पुग्यो
काठमाडौं - नेपालमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ ।
बुधबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार मृत्यु हुनेमा धनुषाका ६० वर्षीय पुरुष रहेका छन् । उनको धरानस्थित विपि कोइराला विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो ।
स्वास प्रश्वासमा समस्या आएपछि ती व्यक्ति उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुगेका थिए । अस्पतालमा स्वाब परीक्षण गर्दा कोरोना रिपोर्ट पोजेटिभ आएपछि साउन १ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । आईसियूमा उपचारको क्रममा मंगलबार राति उनको आईसोलेसशन वार्डमा मृत्यु हो ।
यस्तै, काठमाडौंको टिचिङ अस्पतालमा कोरोनाको उपचार गराउँदै आएका एक ५८ वर्षीय चिनियाँ महिलाको मृत्यु भएको छ । हिजो बेलुका अस्पताल भर्ना भएकी ती महिलाको बुधबार बिहान मृत्यु भएको हो ।
उनलाई श्वासप्रस्वासमा समस्या देखिएपछि उपचारका लागि पोखराको लेकसाइडबाट सुरुमा ग्रान्डी अस्पतालमा ल्याइएको थियो। ग्रान्डीबाट उनलाई थप उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा रेफर गरिएको थियो ।
योसँगै नेपालमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ४२ पुगेको छ ।
फेसबुक पेज Like गर्नुहोस