काठमाडौं - पछिल्लो २४ घण्टामा १ हजार २०१ कोरोना संक्रमित थपिएका छन् । १० हजार १७६ पीसीआर गर्दा १ हजार २०१ जनामा कोरोना पुष्टि भएको हो । 

सोही अवधीमा ८५२ जना निको भएर घर फर्किएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले शनिबार नियमित प्रेस व्रिफिङमा जानकारी दिए । सक्रिय संक्रमितको संख्या १५ हजार २६० रहेको मन्त्रालयले जनाएको छ । 

पछिल्लो २४ घण्टामा ८५२ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या ३७ हजार ५२४ पुगेको छ। यो डिस्चार्ज हुनेको ७० दशमलव ६ प्रतिशत हो।

यस्तै आइसीयूमा १६० जनाको उपचार भइरहेको छ भने २४ जना भेन्टिलेटरमा छन्। नेपालमा कोरोनाबाट हालसम्म ३३६ जनाको मृत्यु भएको छ। शनिबार मात्रै १४ जनाको मृत्यु भएको छ।