डीआईजी केसीकाे सरुवाबाट पुष्टि भयाे याे सत्ता गठबन्धनकाे स्वार्थ : हरि ढकाल
काठमाडाैं - रास्वपाका सांसद हरि ढकालले सत्ता गठबन्धनमाथि आफूहरूले लगाएका आराेप पुष्टि हुँदै गएकाे बताएका छन् । प्रतिनिधिसभाको आकष्मिक समयमा उनले डीआईजी डा.मनोज केसीलाई सरुवा गरिएको विषय सम्झिए ।
‘अनुसन्धान गर्नुपर्नेहरूलाई मन्त्री पुरस्कार दिइयो । प्रदेशमा गुण्डा नाइके र हातहतियारका मुद्दामा संलग्न रहेकालाई मन्त्री बनाइएको छ,’ उनले भने, ‘डीआइजी मनोज केसीलाई विश्वासको मत लिएको दुई दिनभित्रमा सरुवा गरिएको छ । सत्ता जुन कुराका लागि बनेकाे हाे त्याे देखिएकाे छ ।’
प्रहरी प्रधान कार्यालयस्थित विशेष ब्युरोका डीआईजी केसीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको छ । उनले भुटानी शरणार्थी प्रकरणमा फरार प्रतिवादी प्रतिक थापा र बेचन झालाई पक्राउ गर्न सहयोग गरेका थिए

.gif)



फेसबुक पेज Like गर्नुहोस