काठमाडौं - नेपाल क्रिकेट संघले कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीसहित चार क्रिकेटरमाथि कारबाही गरेको छ ।

क्यानको बुधबार बसेको बोर्ड बैठकले मल्ललाई कप्तान र ऐरीलाई उपकप्तानबाट पदमुक्त गर्ने निर्णय गरेको छ । नयाँ कप्तानको जिम्मेवारी सन्दीप लामिछानेलाई दिइएको छ ।

 क्यानको बुधबार बसेको बैठकले उनीहरुले क्रिकेट अनुशासन उलंघन गरेको आरोपमा सो निर्णय गरेको हो। 

मल्ल र ऐरीसँगै सोमपाल कामी र कमल सिंह ऐरीलाई २०२२ को सेन्ट्रल कन्ट्र्याकमा शुरुको ६ महिना सहभागी नगराउने निर्णय गरेको छ ।

Avatar