आजदेखि तीनदिन राष्ट्रिय शोक, झन्डा आधा झुकाइने
खबर एक्सप्रेस
२०८१-०६-१५ ०७:५५ मा प्रकाशित
Total Shares: 117
काठमाडौं- सरकारले बाढी, पहिरो र डुवानका कारण भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै आजदेखि तीन दिन राष्ट्रिय शोक घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आजदेखि ३ दिन राष्ट्रिय शोक घोषणा गर्ने निर्णय गरेको थियो ।सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङका अनुसार राष्ट्रिय शोकको समयमा सरकारी कार्यालयहरूको झण्डा आधा झुकाइनेछ तर, सार्वजनिक बिदा भने हुने छैन । अविरल वर्षापछिको बाढीपहिरो र डुबानका कारण हालसम्म २१७ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार २८ जना बेपत्ता छन् भने प्राकृतिक विपद्मा १४३ जना घाइते रहेका छन् ।

.gif)




फेसबुक पेज Like गर्नुहोस