काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारी स्वास्थ्यसम्बन्धी नियमहरूको पालना सबैमा आग्रह गरेकी छिन् ।

सरकारले मंगलबार रातिबाट लकडाउन अन्त्यको घोषणा गरे पनि राष्ट्रपति भण्डारीले भने कोरोना महामारीको जोखिम टरिनसकेकोले नियमहरुको पालना गर्न सबैमा आग्रह गरेकी हुन् ।

उनले एक ट्वीट गर्दै लेखेकी छिन्, ‘जनजीवनलाई सहज पार्न नेपाल सरकारले बन्दाबन्दी केही सरल गरेको छ । तथापि कोरोना महामारीको जोखिम टरिसकेको छैन । तसर्थ स्वास्थ्यसम्बन्धी नियमहरूको पालना गर्न सबैमा आग्रह गर्दछु ।’