काठमाडौं - काठमाडौं उपत्यकामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ६ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन्। संक्रमित हुनेमा काठमाडौंका ३ जना र ललितपुरका ३ जना रहेको मन्त्रालयले जनाएको छ।

आइतबार मात्रै काठमाडौंका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।यस्तै सोमबार थप १३९ जनामा कोरोना भाइरस (कोभिड -१९) संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नयाँसहित कूल संक्रमितको संख्या १८ जहार ७५२ पुगेको हो ।आइतबार मात्रै १३० जनामा कोरोना संक्रमण देखिएको थियो।