गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने रास्वपाको निर्णय
खबर एक्सप्रेस
२०७९-१०-१५ ०५:४२ मा प्रकाशित
Total Shares: 142
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठकले आफूले पुनः गृह मन्त्रालय पाउनुपर्ने अडान लिने भएको छ ।
आज बसेको पार्टीको केन्द्रीय समिति बैठकले पुन: आफूले नै गृह मन्त्रालय पाउनुपर्ने रणनीति अवलम्बन गर्ने निर्णय गरेको हो । रवि लामिछानेलाई फेरि गृह मन्त्रीकै रूपमा पठाउने तयारी पार्टीको रहेको एक नेताले बताए ।
गृह मन्त्रालय नपाए आफूहरू सरकारबाट बाहिरिने उनको चेतावनी छ ।
फेसबुक पेज Like गर्नुहोस