नेपाल र बंगलादेशबीच हुने फाइनल खेलको टिकट अनलाइनबाट काट्न नपाइने
काठमाडौं - नेपाल र बंगलादेशबीच भोलि हुने खेलका लागि एन्फाले बन्द गरेको टिकट बिक्री पुन: खुलाएको छ तर अनलाइनबाट भने टिकट काट्न नपाइने भएको छ ।
नेपाल र भारतबीचको सेमीफाइनल खेलमा दशरथ रंगशालाको क्षमताभन्दा बढी टिकट बिक्री गरेको भन्दै विवाद उत्पत्न भएपछि एन्फाले बुधबार हुने खेलको टिकट बिक्री रोकेको थियो । फाइनलमा ‘अर्डिनरी’तर्फ १० हजार र ‘भीआईपी’तर्फ १ हजार मात्र टिकट बिक्री गर्ने गरी निर्णय भएको एन्फाले जनाएको छ ।
एन्फाका अनुसार भोलि बिहान ८ बजेदेखि सातदोबाटोस्थित एन्फा परिसर, भद्रकाली आर्मी परिसरको गेट र ललितपुरस्थित जावलाखेलको मैदानबाट टिकट किन्न पाइने छ । अर्डिनरीतर्फ एक जनाले ५ वटासम्म टिकट किन्न पाउने छन् भने भीआईपीतर्फको टिकट भने एक जनाले दुईटा मात्र किन्न पाउने छन् ।
फेसबुक पेज Like गर्नुहोस