काठमाडौं - सत्ता गठबन्धनको बैठक आज शुक्रबार पनि बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा गठबन्धन दलबीच सहमति नजुटेका निर्वाचन क्षेत्रका विषयमा छलफल गरेर टुंगोमा पुग्ने बताइएको छ ।

गठबन्धनभित्र प्रदेश र प्रतिनिधिसभातर्फको सिट बाँडफाँट करिब टुंगो लागिसकेको छ । 

केही क्षेत्रमा भने दलहरूको दोहोरो दाबी रहेपछि सहमति जुट्न सकेको छैन । ती क्षेत्रहरुको विषयमा गठबन्धनको बैठकले अन्तिम रुप दिने बुझिएको छ ।