काठमाडौं - आईसीसी यू–१९ विश्वकप अन्तर्गत सुपर सिक्समा नेपालले आज भारतसँग खेल्दैछ ।

दक्षिण अफ्रिकाको ब्लोमफोन्टेनमा खेल नेपाली समयअनुसार दिउँसो पौने २ बजे शुरु हुनेछ ।

यसअघि भएको सुपर सिक्सको खेलमा नेपाल बङ्गलादेशसँग ५ विकेटले पराजित भएको थियो । सुपर सिक्समा नेपालको यो अन्तिम खेल हो ।नेपालको सेमिफाइनल पुग्ने सम्भावना सुपर सिक्सअघि नै सकिएको थियो । समूह चरणको अन्तिम खेलमा अफगानिस्तानलाई एक विकेटले हराउँदै नेपाल सुपर सिक्समा पुगेको थियो ।

समूह चरणमा नेपाल पाकिस्तान र न्युजिल्यान्डसँग पराजित भएको थियो । आजको खेलमा भारतले नेपाललाई पराजित गरे शीर्ष स्थानमा रहेर सेमिफाइनलमा स्थान बनाउनेछ।