किम जोंग उन जीवितै रहेको यी दुई देशका गुप्तचर विभागको दाबी
काठमाडौं - उत्तर कोरियाका शासक किम जोंग उनको स्वास्थ्य अवस्थालाई लिएर विश्वभर अनेकौँ टिप्पणीहरु भइराखेका छन् । केही अन्तराष्ट्रिय मिडियाहरुले प्रकाशित गरेको रिपोर्ट अनुसार किम जोंग उन ब्रेन डेड अवस्थामा रहेका छन् । अप्रिल ११ पछि गुमनाम रहेका किमको केही हप्ता अगाडि शल्यक्रिया भएको बताइएको थियो ।
उनको अवस्था नाजुक रहेको खबर बाहिर आएकाे थियाे । तर, अमेरिकी गुप्तचर विभाग जसले उत्तर कोरियालाई विशेष रुपमा नियाल्दै आइरहेको छ, उक्त समुहका अनुसार किम जिउँदै रहेका छन् ।केही दिन अगाडि किमको रेलको तस्बिरहरु स्याटलाइटमार्फत खिचिएको थियो । उनी विशेष इलिट क्षेत्रमा आराम गरिरहेको उनीहरुको दाबी रहेको छ ।
त्यस्तै दक्षिण कोरियाको गुप्तचर विभागले पनि उनी जिवित रहेको जिकिर गरेको छ । तर, केही मिडियाले भने उनको मृत्यु भइसकेको खबर प्रकाशित समेत गरिसकेका छन् । किमको अवस्थाबारे पुष्टि गर्ने समाचार हालसम्म प्रकाशित हुन सकेको छैन ।
उत्तर कोरियामा किमबारे कुनै पनि खबर बाहिरिन नदिन विशेष सयन्त्र बनाइएको मिडिया रिपोर्टमा उल्लेख छ ।
फेसबुक पेज Like गर्नुहोस