काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को खुला केन्द्रीय सदस्य पदको निर्वाचनमा डा. स्वर्णिम वाग्ले सर्वाधिक मतसहित निर्वाचित भएका छन्।
पार्टीको महाधिवेशनअन्तर्गत सम्पन्न मतदानमा वाग्लेले २ हजार ६ सय ७ मत प्राप्त गर्दै शीर्ष स्थान हासिल गरेका हुन्।
उनलाई निकटतम प्रतिस्पर्धी सोविता गौतमले २ हजार ५ सय ९४ मतसहित पछ्याइन्। यस्तै, शिशिर खनालले २ हजार ४ सय ९५, सागर ढकालले २ हजार ३ सय ३३, तोसिमा कार्कीले २ हजार २ सय ५७ र रञ्जु दर्शनाले २ हजार २ सय ४९ मत प्राप्त गरेका छन्।
त्यसैगरी मनिष झाले २ हजार २ सय ३७, हरि ढकालले २ हजार २ सय १९, कविन्द्र बुर्लाकोटीले २ हजार १ सय ८४, विपिन आचार्यले २ हजार १ सय २६ र रमेश प्रसाईंले २ हजार १ सय २३ मत प्राप्त गरेका छन्।
खुला समूहमा ३५ केन्द्रीय सदस्य पदका लागि भएको निर्वाचनमा पार्टीका चर्चित नेताहरूबीच कडा प्रतिस्पर्धा देखिएको थियो।

.gif)


