हरिवंश र रमिलाले जिते कोरोना
खबर एक्सप्रेस
२०७७-०७-०६ ०१:२२ मा प्रकाशित
Total Shares: 717
काठमाडौं - कलाकार हरिवंश आचार्य र उनकी पत्नी रमिला आचार्य कोरोना संक्रमणबाट मुक्त भएका छन् ।
बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत कलाकार आचार्यले संक्रमणमुक्त भएको जानकारी दिएका हुन् । ‘हाम्रो कोरोनाको रिपोर्ट नेगेटिभ आएको छ । हामीलाई धेरै धेरै माया दिनुहुने सबैमा धन्यवाद ।’ उनले भनेका छन् ।
आचार्य दम्पतिमा आश्विन २० गते कोरोना संक्रमण देखिएको थियो । त्यसपछि उनीहरु होम आइसोलेसनमा बसेका थिए । उनीहरुको परिवारका अन्य सदस्यको कोरोना रिपोर्ट भने यसअघि नै नेगिटिभ आएको थियो ।
फेसबुक पेज Like गर्नुहोस