'बाहुबली'काे रेकर्ड ताेड्याे'आरआरआर'ले
काठमाडौं - 'बाहुबली' निर्देशक एसएस राजामौलीको नयाँ फिल्मले 'बाहुबली'कै रेकर्ड तोडेको छ । नयाँ फिल्म 'आरआरआर'ले प्रि-रिलिज कमाइमा आफ्नो अघिल्ला सिनेमालाई पछि पारेका हो ।
भारतीय मिडिया रिपोर्टहरुका अनुसार राजमौलीको 'आरआरआर' सिनेमाले रिलिज अगावै ४०० करोड भारू ग्रस कमाइ गरिसकेको छ।
भारतीय सिने व्यापार विश्लेषक रमेश बालाले मंगलबार ट्वीट गर्दै यस्तो बताएका हुन्। उनले ट्विटमा सिनेमाका सबै बिक्री अधिकारहरूबाट सिनेमाले देश र विदेशमा गरेर ४ सय करोड भारू कमाइसकेको बताएका हुन्।
दुईवटा फरक समयको कथालाई प्रस्तुत गर्ने सिनेमामा राम चरण तथा एनटिआर जुनियर मुख्य भूमिकामा रहेका छन्। उनीहरूसँगै सिनेमामा आलिया भट्, अजय देवगन, ओलिभिया मोरिस, एलोसन दोडी तथा रे स्टेभन्सनको अभिनय रहेको छ।
फेसबुक पेज Like गर्नुहोस