कोरोनाभाइरस संक्रमण निको हुनेको संख्या ६ लाख नाघ्यो
काठमाडौं - विश्वमा कोरोनाभाइरस संक्रमण निको हुनेको संख्या ६ लाख नाघेको छ। अब विश्वमा कोरोनाभाइरसका सक्रिय संक्रमित १५ लाख ७१ हजार ६६६ जना छन्।
विश्वमा अहिलेसम्म कूल २३ लाख ३२ हजार ४५६ जना संक्रमित छन्। तीमध्ये एक लाख ६० हजार ७८४ जनाको मृत्यु भएको छ।
निको हुने र बन्द ‘केस’ सात लाख ६० हजार ७९० छ। जसमध्ये ७९ प्रतिशत निको भएका छन् भने २१ प्रतिशतको मृत्यु भएको छ।
सबैभन्दा धेरै संक्रमित निको हुने देश जर्मनी हो। त्यहाँ ८८ हजार संक्रमित निको भएको छ। जर्मनीमा अहिलेसम्म करीब एक लाख ४४ हजार संक्रमित भेटिएका छन्।
अमेरिकामा सबैभन्दा बढी संक्रमित छन्। त्यहाँ कूल संक्रमित करीब सात लाख ३९ हजारमध्ये करीब ६८ हजार तीन सय निको भएका छन्। स्पेनमा पनि संक्रमितको संख्या करीब एक लाख ९५ हजार पुगेको छ। त्यहाँ ७५ हजार संक्रमित निको भएका छन्।
फेसबुक पेज Like गर्नुहोस