भारतको उत्तरप्रदेशमा अपराधी खोज्न हिँडेका ८ प्रहरीको हत्या
काठमाडौं - भारतको उत्तरप्रदेशमा पर्ने कानपुर जिल्लामा डिप्टी एसपीसहित ८ जना प्रहरीको हत्या भएको छ । त्यस्तै सात जना प्रहरी घाइते भएका छन् ।
भारतीय प्रहरीको टोली हिस्ट्रीशीटर विकास दुबेलाई पक्राउ गर्न गएको बताइएको छ । उनलाई नियन्त्रण लिने प्रयास गर्दा दुई समुह बीच गोली हानाहान भएको बताइएको छ ।
लामो समयदेखि फरार रहेका अपराधी विकास दुवेलाई घेर्न गएको प्रहरी स्वयम नै घेराबन्दीमा परेको थियो । दुवेको समुहले प्रहरीलाई घेराबन्दीमा पारेर फायरिंग गरेको मिडिया रिपोर्टमा उल्लेख छ । घाइते प्रहरीको कानपुरकै रिजेन्सी अस्पतालमा उपचार भइराखेको बताइएको छ ।
भारतीय प्रहरीका अनृसार दुवेको समुह उचाई रहेर आफुहरुमाथि अन्धाधुन्ध गोली चलाएका थिए । दुवेको समूहका तीन सदस्यको ज्यान गएको बताइएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस