आज पनि घट्यो सुनको भाउ
खबर एक्सप्रेस
२०७८-०७-१८ ११:२३ मा प्रकाशित
Total Shares: 295
काठमाडौं - नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ९१ हजार ५ सय रुपैयाँ कायम भएकोमा बिहीबार पाँच सय रुपैयाँले घटेर प्रतितोला ९१ हजार रुपैयाँ कायम भएको हो । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९० हजार ५ सय रुपैयाँ कायम भएको छ ।
बिहीबार चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदीको मूल्य प्रतितोला एक हजार २२५ रुपैयाँ कायम भएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस