काठमाडौं - बिहीबार सिंहदरबारमा बसेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को बैठक विभिन्न महत्वपूर्ण निर्णय गरेको छ ।

उक्त मन्त्रिपरिषद्को बैठकले प्रहरी नायवमहानिरीक्षकहरु उमेशराज जोशी र भिमप्रसाद ढकाललाई प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा नियुक्त गरी पदस्थापन गर्ने निर्णय गरेको हो ।

यस्तै यस्तै, अन्तर्राष्ट्रियस्तरको क्रिकेट, कराँते, तेक्वान्दो र कबड्डी प्रतियोगितामा विजयी तथा पदक प्राप्त खेलाडी, प्रशिक्षक र व्यवस्थापक गरी ४२ जनालाई पुरस्कार तथा सम्मान गर्न मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ ।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरु :

१. प्रहरी नायवमहानिरीक्षकहरु उमेशराज जोशी र भिमप्रसाद ढकाललाई प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा नियुक्त गरी पदस्थापन गर्ने ।

२. अन्तर्राष्ट्रियस्तरको क्रिकेट, कराँते, तेक्वान्दो र कबड्डी प्रतियोगितामा विजयी तथा पदक प्राप्त खेलाडी, प्रशिक्षक तथा व्यवस्थापक गरी जम्मा ४२ जनालाई पुरस्कार तथा सम्मान गर्न स्वीकृति दिने ।

३. समाजकल्याण परिषदको रिक्त उपाध्यक्ष पदमा नन्दलाल माझी, सुनसरीलाई मनोनयन गर्ने ।

४. भाषा आयोगको रिक्त सदस्य पदमा सुरेश मानन्धर, काठमाडौंलाई नियुक्त गर्ने ।