आज पनि बढ्यो सुनको भाउ, ९९ हजार ३ सयमा कारोबार
खबर एक्सप्रेस
२०७७-०४-१६ ११:१२ मा प्रकाशित
Total Shares: 232
काठमाडौं - सुनको मुल्यमा आज पनि वृद्धि भएको छ भने चाँदीको मुल्यमा भने गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्यमा प्रति तोला ३ सयले बढेको छ।
योसँगै नेपालमा सुनको मुल्य अहिलेसम्मकै धेरै प्रति तोला ९९ हजार ३ सय पुगेको छ। यस अघि विहिबार सुन प्रतितोला ९९ हजारमा कारोबार भएको थियो।
त्यस्तै शुक्रबार तेजावी सुनको मुल्य प्रति तोला ९८ हजार ८६५ पुगेको छ। महासंघका अनुसार शुक्रबार चाँदीमा प्रतितोला २५ रुपैयाले घटेको छ।
फेसबुक पेज Like गर्नुहोस