काठमाडौं - कोपा अमेरिका २०२१ अन्तर्गत समूह चरणको पहिलो खेलमा अर्जेन्टिना बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा अर्जेन्टिनाले चिलीसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको हो ।

खेलको ३३औं मिनेटमा कप्तान मेस्सीको फ्रिकिक गोलमा अर्जेन्टिनाले सुरुवाती अग्रता लिएको थियो । अर्जेन्टिनाका लागि मेस्सीको यो ७३ औं गोल हो । तर उक्त अग्रता अर्जेन्टिनाले कायम राख्न सकेन । ५७ औं मिनेटमा चिलीले पेनाल्टीको अवसर पाएको थियो । आर्टुरो भिडालको पेनाल्टी प्रहारलाई अर्जेन्टिनी गोलरक्षक एमिलियानो मार्टिनेजले विफल पारेपनि रिबाउन्डमा एडुआर्डो भार्गास गोल गर्दै चिलीलाई हारबाट जोगाए । 

बराबरीसँगै प्रतियोगिताको समूह ए मा रहेको अर्जेन्टिना र चिलीले १-१ अंक जोडेका छन् । अर्जेन्टिना समूहको शीर्ष स्थानमा रहेको छ भने चिली दोस्रो स्थानमा छ ।