लालबाबु पण्डितले अस्वीकार गरे केन्द्रीय सदस्यकाे पद
काठमाडौं, चितवन - नेकपा एमालेका नेता लालबाबु पण्डितले फेसबुकमा लेख्दै केन्द्रीय सदस्य पद अस्वीकार गरेकालालबाबु पण्डितले फेसबुकमा लेख्दै केन्द्रीय सदस्य पद अस्वीकार गरेका छन् । पण्डितले आज त्यस्तो घोषणा गरेका हुन् ।
पदाधिकारीमा दाबी गर्दै आएका पण्डितलाई केन्द्रीय कमिटी सदस्यहरुको सूचीमा राखिएको थियो । त्यसप्रति असन्तुष्टि जनाउँदै पण्डितले सम्पूर्ण कार्यकारी पदबाट बिदा लिएको घोषणा गरेका हुन् ।
सोमबार सामाजिक सञ्जाल फेसबुकमा पण्डितले लेखेका छन्, ‘आजदेखि सम्पूर्ण कार्यकारी पदबाट बिदा लिँदै दशौं महाधिवेशनबाट सम्पूर्ण विजयी कमरेडहरुलाई सफल कार्यकालको हार्दिक शुभकामना ।’
उनले आफूले केन्द्रीय सदस्यमा पहिले नै उठ्दिन भने पनि अहिले केन्द्री सदस्यमा राखेकाले अस्वीकार गरेको बताए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस