पहिरोले घर र गोठ पुरिँदा एक जनाको मृत्यु, २ घाइते
खबर एक्सप्रेस
२०८१-०३-१३ ०८:२६ मा प्रकाशित
Total Shares: 129
काठमाडौं,ओखलढुंगा-ओखलढुंगामा पहिरोले घर गोठ पुरिएको छ ।
जिल्लाको ओखलढुंगाको चिशंखुगढी गाउँपालिका-५ स्थित थुम्की बस्ने वर्ष ३९ को बाबुराम खत्रीको घर र गोठ पुरिएर एक जनाको घटनास्थलमै मृत्यु भएको हो ।
मृत्यु हुनेमा खत्रीकी श्रीमती ३५ वर्षीया देवकुमारी खत्री रहेकी प्रहरीले जनाएको छ ।
घर पुरिंदा खत्री र निजकी १८ वर्षीया मेनुका खत्री घाइते भएका छन् । उनीहरुको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस