काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा कोरोनाका कारण ५ जनाले मृत्युवरण गरेको जनाएको छ । यससँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६५ पुगेको छ । 

बिहीवार नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले ५ जनाको मृत्यु भएको जानकारी दिए ।

डा. गौतमका अनुसार मृत्यु हुनेमा मोरङका २ जना रहेका छन् । दुवै ४५ वर्षका रहेको प्रवक्ता डा. गौतमले बताए । त्यस्तै सर्लाही मलंगवाकी ६५ वर्षकी महिला, धनुषाकी ७२ वर्षकी महिला र सप्तरीका ४२ वर्षका पुरुषको कोरोनाका कारण मृत्यु भएको हो ।